14, Jun, 2024

सुदूरपश्चिममा भागबन्डा मिलाउन सत्ता गठबन्धन दलबीच छलफल जारी

बागमती भ्वाइस
बागमती भ्वाइस
७ बैशाख २०८१, शुक्रबार १०:५८ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ सुदूरपश्चिममा भागबन्डा मिलाउन सत्ता गठबन्धनमा रहेका दलहरू छलफलमा बसेका छन्।

शुक्रबार बिहान धनगढीमा मन्त्रालयको भागबन्डा टुंग्याउन सत्ता गठबन्धनका दलहरूबीच छलफल भइरहेको स्रोतले जनाएको छ।

नेकपा एकीकृत समाजवादी पार्टीका दीर्घ सोडारी बिहीबार मुख्यमन्त्री बनेसँगै गठबन्धनमा रहेका दलले कुन-कुन मन्त्रालय लिने भन्नेबारे छलफल भइरहेको हो। सोडारीसँगै नागरिक उन्मुक्ति पार्टीका कैलाश चाैधरीले पनि बिहीबार नै भाैतिक पूर्वाधार मन्त्रीको शपथ ग्रहण गरेका थिए। उक्त पार्टीकै टीका थापालाई पनि मन्त्री बनाउने चर्चा छ।

छलफल चलिरहेको भए पनि भागबन्डा मिलाउन सकस भइरहेको स्रोतले बतयो। त्यस्तै यसबारे सबैलाई चित्तबुझ्दो मन्त्रालय प्रदान गरी मन्त्रिपरिषद विस्तार गर्ने सरकारको तयारी छ।

हाल मुख्यमन्त्री साेडारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्रले समर्थन गरेका छन्।

नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्रका १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित सर्मथन साेडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सरकारमा नेकपा एमाले भने तत्काल सहभागी नहुने भएको बताएको छ।

७ बैशाख २०८१, शुक्रबार १०:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading