30, Apr, 2024

नेकपा केन्द्रीय समिति बैठक कपिलवस्तुमा, विप्लवको राजनीतिक प्रस्तावमाथि छलफल

बागमती भ्वाइस
बागमती भ्वाइस
५ बैशाख २०८१, बुधबार १४:२३ | १ हफ्ता अगाडी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीको ५ आंपूर्ण बैठक पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा बसिरहेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले बताए ।

बैठकमा महासचिव विप्लवको ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ, समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं’ शीर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनाबारे छलफल हुनेछ । यो प्रस्ताव यसअघि सचिवालय र पोलिटब्यूरो समितिले पारित गरेको थियो ।

बैठकको प्रारम्भमा महासचिव विप्लवले प्रस्तावको मूल भावबारे सम्बोधन गरेका थिए । बैठकमा पार्टीको आगामी कार्ययोजनासहित समाजवादी मोर्चासहित पछिल्ला समसामयिक राजनीतिक घटनाबारे पनि छलफल हुने जनाइएको छ ।

५ बैशाख २०८१, बुधबार १४:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading