वि.सं.२०८१ चैत ६ बुधवार

महालेखा परिक्षकमा तोयम रायलाई संसदीय समितिबाट सर्वसम्मत अनुमोदित

काठमाडौं । महालेखा परिक्षकमा तोयम रायलाई संसदीय समितिबाट सर्वसम्मत अनुमोदित भएका छन् ।

आज भएका संसदीय सुनवाइपछि एकमतले उनलाई अनुमोदन गर्ने निर्णय भएको हो ।

संवैधानिक परिषदले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो ।

राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् । उनी ६ वर्षीय कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।