वि.सं.२०८१ माघ २ बुधवार

बढ्यो डलर र युरोको भाउ, कुन मुद्राको कति छ विनिमयदर?

एजेन्सी । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ। मंगलबार डलर एकको खरिदमा १३३ रूपैयाँ २३ पैसा र बिक्रीमा १३३ रूपैयाँ ८३ पैसा पाइन्छ।

अघिल्लो दिन डलर एकको खरिददर १३३ रूपैयाँ १७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७७ पैसा कायम गरिएको थियो।

आज युरोपियन युरोको भाउ पनि बढेको छ। युरो एकको खरिदमा आज १४२ रूपैयाँ ०२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ६६ पैसा पाइन्छ।

सोमबार युरो एकको खरिददर १४१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रूपैयाँ ३७ पैसा कायम गरिएको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा भने आज १६६ रूपैयाँ ४२ पैसा र बिक्रीमा १६७ रूपैयाँ १७ पैसा पाइन्छ।अघिल्लो दिन पाउण्ड एकको खरिददर १६५ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६६ रूपैयाँ ५६ पैसा कायम गरिएको थियो।

आज अष्ट्रेलियन डलर एकको खरिद‍दर भने ८६ रूपैयाँ ४१ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८० पैसा तोकिएको छ।

सोमबारको तुलनामा अष्ट्रेलियन डलरकको मूल्य पनि बढेको हो। अघिल्लो दिन अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०९ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४८ पैसा तोकिएको थियो।

आज क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३९ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आजको लागि ३५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६८ पैसा तोकेको छ।

कतारी रियाल एकको खरिददर भने ३६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा मंगलबार ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने २७ रूपैयाँ ८८ पैसा र बिक्रीमा २८ रूपैयाँ पाइन्छ।

आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर भने ४३२ रूपैयाँ ५६ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५१ पैसा तोकेको छ।

त्यसैगरी, बहराइन दिनार एकको खरिददर भने ३५३ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९७ पैसा तोकेको छ।