30, Apr, 2024

गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त

बागमती भ्वाइस
बागमती भ्वाइस
४ बैशाख २०८१, मंगलवार ११:०४ | २ हफ्ता अगाडी

काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् ।

एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका हुन् ।

मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट पुन: सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् ।

सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।

४ बैशाख २०८१, मंगलवार ११:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading