01, May, 2024

शिक्षा क्षेत्रमा पाँच वर्षमा विनियोजित बजेटको विवरण सार्वजनिक, अध्ययन गरेर सुझाव दिन शिक्षामन्त्रीको आग्रह

बागमती भ्वाइस
बागमती भ्वाइस
३ बैशाख २०८१, सोमबार १५:४४ | २ हफ्ता अगाडी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्षदेखिको बजेट विनियोजन भएको विवरण सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनपछि मन्त्रालयले वेवसाइटमार्फत विवरण सार्वजनिक गरेको हो ।

शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येतालाई सुझाव दिन आग्रहसमेत गरेकी छन् । उनले भनिन्, ‘हामीले विगतदेखि नै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै आएका थियौँ । यी तथ्याङ्कका आधारमा प्राप्त कार्यान्वयन योग्य सुझावलाई आगामी बजेट बनाउने क्रममा मन्त्रालयले मनन गर्नेछ ।’

शिक्षामा लगानी कहाँ कहाँ भइरहेको छ र त्यसको प्रतिफल के प्राप्त भइरहेको छ भनेर अध्ययन गर्न अध्येता, सञ्चारकर्मी तथा सरोकारवालालाई यी तथ्याङ्कले सहयोग गर्ने मन्त्रालयको अपेक्षा छ । यी तथ्यांकको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेल ठेगानमा पठाउन सकिने जनाइएको छ ।

३ बैशाख २०८१, सोमबार १५:४४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading