01, May, 2024

नेपाली बजारमा आज प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो सुन

बागमती भ्वाइस
बागमती भ्वाइस
२ बैशाख २०८१, आईतवार ११:०९ | २ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ आइतबार सुनको मूल्य घटेको छ।

शुक्रबार बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको थियो। यस दिन सुन (छापावाल) प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो।

आइतबार मूल्य घटेर एक लाख ३६ हजार आठ सय रूपैयाँ पुगेको हो।

शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५० रूपैयाँ घटेको हो।

आइतबार बजारमा चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२ बैशाख २०८१, आईतवार ११:०९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading