एजेन्सी । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ यथावत छ भने युरोपियन युरोको घटेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा कायम गरिएको हो।
अघिल्लो दिन युरो एकको खरिददर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रूपैयाँ २१ पैसा कायम गरिएकोमा आज युरो एकको खरिददर १४२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रूपैयाँ १७ पैसा तोकिएको हो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा शुक्रबार १६६ रूपैयाँ ५३ पैसा र बिक्रीमा १६७ रूपैयाँ २८ पैसा पाइन्छ। अघिल्लो दिन पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३९ पैसा तोकिएको थियो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ६५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ०४ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४७ पैसा पाइन्छ।
शुक्रबार कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आजको लागि ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा शुक्रबार ३६ रूपैयाँ १६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने २७ रूपैयाँ ९७ पैसा र बिक्रीमा २८ रूपैयाँ १० पैसा पाइन्छ।
आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २२ पैसा तोकेको छ।
त्यसैगरी बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८२ पैसा तोकिएको छ।