14, Jun, 2024

एसीसी प्रिमियर कप अन्तर्गत : नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
३० चैत्र २०८०, शुक्रबार ०८:१७ | २ महिना अगाडी

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दैछ ।

ओमानमा आजदेखि जारी खेलनेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । १० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य उपाधि रक्षा गर्दै एसिया कपमा पुग्ने खाेजीमा हुनेछ।

प्रतियोगिताको समूह ए मा नेपाल, मलेसिया, साउदी अरेविया, कतार र हङकङ छन् भने समूह बी मा युएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत परेका छन् ।

त्यस्तै दोस्रो खेलमा शनिबार नेपालले कतारको सामना गर्नेछ। वैशाख ३ गतेको हङकङसँग खेल्ने नेपालले समूह चरणको‌ अन्तिम खेल वैशाख ५ गते साउदी अरबसँग खेल्नेछ।

समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रिमियर कपको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

नेपालको क्रिकेट टोली

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।

३० चैत्र २०८०, शुक्रबार ०८:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading