एजेन्सी । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोपियन युरोको भाउ घटेको छ।
बिहीबारको लागि डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा तोकिएको छ। अघिल्लो दिन डलर एकको खरिददर १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा कायम गरिएको थियो।
त्यस्तै, अघिल्लो दिन युरो एकको खरिदमा १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमा १४५ रूपैयाँ २१ पैसा पाइनेमा आज युरो एकको खरिददर १४४ रूपैयाँ २६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९१ पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा भने आज १६८ रूपैयाँ ६३ पैसा र बिक्रीमा १६९ रूपैयाँ ३९ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ९३ पैसा र बिक्रीमा ८८ रूपैयाँ ३२ पैसा पाइन्छ। अघिल्लो दिन अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ११ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५० पैसा तोकिएको थियो।
आज क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३७ पैसा पाइन्छ।
बिहीबार कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आजको लागि ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा बिहीबार ३६ रूपैयाँ १६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने २७ रूपैयाँ ९७ पैसा र बिक्रीमा २८ रूपैयाँ १० पैसा पाइन्छ।
आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ र बिक्रीमा ४३३ रूपैयाँ ९५ पैसा तोकेको छ।
त्यसैगरी बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८६ पैसा तोकिएको छ।