16, Jul, 2024

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ चैत्र २०८०, बुधबार १५:३८ | ३ महिना अगाडी

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

माओवादी संसदीय दलका नेता कँडेलले बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।

२८ चैत्र २०८०, बुधबार १५:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading