16, Jul, 2024

सिनामंगलस्थित सुकुम्वासी बस्तीबाट लागूऔषध कारोबारको आशंकामा ३ महिलासहित ४ जना पक्राउ

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ चैत्र २०८०, बुधबार १३:४६ | ३ महिना अगाडी

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी बस्तीमा लागु औषध कारोबार गरिरहेको आशंकामा ३ महिलासहित ४ जना पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चितवनको भरतपुरकी ५१ वर्षीया लक्ष्मी परियार, कैलालीको धनगढीका ३५ वर्षीय इन्द्र बानियाँ, दोलखाकी ३४ वर्षीया सृजना विक र ५१ वर्षीया मिना बस्नेत रहेका छन्।

उनीहरू सबै उक्त सुकुम्वासी बस्तीमा बस्दै आएका थिए। प्रहरीले उनीहरूको साथबाट २४ एम्पुल नुरफिन, ९५ एम्पुल डाइजापाम, ४७ एम्पुल फेनरागन तथा ४ लाख १६ हजार ३ सय ५० रुपैयाँ बरामद भएको जनाएको छ।

२८ चैत्र २०८०, बुधबार १३:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading