20, Jun, 2024

सूर्य थापा भन्छन्कां, ग्रेसले रविबारे राखेको अडान सत्ता पक्षमा भ्वाङ पार्ने उद्देश्य

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ चैत्र २०८०, बुधबार १२:४५ | २ महिना अगाडी

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सहकारीको रकम अपचलनको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राखेको माग सत्ता गठबन्धनमा भ्वाङ पार्ने उद्देयश्यले भएको टिप्पणी गरेका छन् ।

सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनको विषय अदालतमा विचाराधीन रहेको भन्दै थापाले अदालतमा विचाराधीन विषय संसदमा बहस गर्न नहुने पनि बताए ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, ‘सत्ता गठबन्धनमा भ्वाङ पार्ने अरण्य रोदन हो । यसले देशलाई केही फाइदा हुँदैन ।’

सहकारी पीडितहरुलाई न्याय र दोषीलाई दण्डित हुनुपर्ने भन्दै उनले यसलाई सत्ता पक्ष र प्रतिपक्षको सौदाबाजीको विषय नबनाउन आग्रह गरे ।

व्यक्ति केन्द्रित नभई विषय केन्द्रित विषयमा संसदमा छलफल हुनुपर्ने उनले बताए ।

२८ चैत्र २०८०, बुधबार १२:४५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading