16, Jul, 2024

राष्ट्रियसभाको उपाध्यक्षमा दुईजनाको मात्रै उम्मेदवारी

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ चैत्र २०८०, मंगलवार १४:३९ | ३ महिना अगाडी

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा दुईजनाको मात्रै उम्मेदवारी परेको छ । एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले मात्र मनोनयन दर्ता गराएका हुन् । चैत २८ गते हुने निर्वाचनका लागि आज १:४५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

एमालेको तर्फबाट उम्मेदवारी दिएकी घिमिरेलाई सत्ता गठबन्धनको पनि साथ भएकाले जित निश्चित छ । यद्यपि, गठबन्धनमा आवद्ध माधव नेपाल नेतृत्वको नेकपा एसले पनि उपाध्यक्षको भाग आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको थियो ।

माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद चाहिन्छ ।

उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष पदमा निर्वाचन गर्न लागिएको हो ।

२७ चैत्र २०८०, मंगलवार १४:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading