16, Jul, 2024

पाँच वर्ष भन्दा बढी नविकरण नगराउनेको हातहतियार जिल्ला प्रशासन कार्यालय सिरहाले जफत गर्ने

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ चैत्र २०८०, मंगलवार १३:३९ | ३ महिना अगाडी

जनकपुरधाम । पाँच वर्षभन्दा बढी नविकरण नगरी म्याद गुजार्नेहरुको हातहतियार जिल्ला प्रशासन कार्यालय सिरहाले जफत गर्ने भएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले ५ वर्षभन्दा बढी नविकरण नगरेका व्यक्तिलाई हातहतियार ईजाजतपत्रसहित बुझाउन सूचना जारी गरेका हुन् । गृहमन्त्रालयको निर्देशन बमोजिम सूचना जारी गरेको उनले उल्लेख गरेका छन् ।

हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति/संस्थाहरुले नियमानुसार नविकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति/संस्थाले नविकरण गराएको अभिलेखमा नदेखिएको सूचनामा उल्लेख छ ।

यस्तै नविकरणको म्याद नगुज्रेको हकमा ३५ दिनभित्र हातहतियारको नविकरण गराउन भनिएको छ । सूचनाको बरखिलाप गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ ।

२७ चैत्र २०८०, मंगलवार १३:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading