20, Jun, 2024

सदन खुलाउन बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ चैत्र २०८०, मंगलवार १३:०४ | २ महिना अगाडी

काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल विनानिष्कर्ष टुंगिएको छ । सदनको अवरोध खुलाउने उपायबारे छलफल गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेता पनि छलफलमा थिए । तर, कुनै सहमति बन्न सकेन ।

बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नैपर्ने अडान दोहोर्‍याएको छ । सदनको सुरू गर्नेबारे सभामुखले प्रमुख सचेतकसँग छलफल गर्ने तयारी गरेका छन् ।

२७ चैत्र २०८०, मंगलवार १३:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading