20, Jun, 2024

नाउपा संसदीय दलको नेताबाट हटाइएका गिरीलाई लिएर कांग्रेस पुग्यो सभामुख निवासमा

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ चैत्र २०८०, मंगलवार ११:५० | २ महिना अगाडी

कैलाली । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले सभामुख भीम भण्डारीलाई भेटेका छन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे सभामुख भण्डारीलाई काङ्ग्रेस र नाउका सांसदले छलफल गर्न पुगेका हुन् ।

कांग्रेस प्रमुख सचेतक विक्रम धामीको नेतृत्वमा कांग्रेसका केही नेता र नाउपका संसदीय दलका नेता घनश्याम चौधरीको टोली सभामुख भण्डारीलाई भेट्न पुगेका हुन् ।

घनश्याम चौधरीलाई हिजै अध्यक्ष रन्जिता श्रेष्ठले दलको नेता बर्खास्त गरेकी थिइन् । नाउपाकै एक सांसद इन्दिरा गिरी पनि हिजो पदमुक्त भएको छन् । आज दुवै जना सभामुख कक्षमा पुगेका छन् ।

२७ चैत्र २०८०, मंगलवार ११:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading