05, Dec, 2024

बढ्यो अमेरिकी र अष्ट्रेलियन डलरको भाउ, अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ चैत्र २०८०, मंगलवार ११:२२ | ८ महिना अगाडी

एजेन्सी । मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलरको मूल्य बढेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५८ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो।

अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ६३ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०२ पैसा पाइन्छ।

सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४९ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८८ पैसा तोकिएको थियो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ८४ पैसा र बिक्रीदर ९८ रूपैयाँ २८ पैसा तोकिएको छ।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ०१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ६६ पैसा तोकिएको छ।

त्यसैगरी, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रूपैयाँ ९३ पैसा र बिक्रीमा १६८ रूपैयाँ ६८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ९९ पैसा र बिक्रीमा २८ रूपैयाँ १२ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ४७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३९ पैसा तोकिएको छ।

२७ चैत्र २०८०, मंगलवार ११:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading