काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । कार्यसमितिको बैठक संसदीय दलको बैठकअघि बसेको थियो । ७६ वर्षीया विष्णुमाया गत माघमा बागमतीमा महिला क्लष्टरबाट राष्ट्रियसभामा विजयी भएकी थिइन् ।