वि.सं.२०८२ जेठ ३० शुक्रवार


skip this manthali

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु,सरकारलाई दिएकाे अल्टिमेटम आज सकिँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक ल्होत्से हलमा बसिरहेको छ ।

बैठकमा आजको संसदमा प्रश्तुतीको विषयमा छलफल गरिने जनाएको छ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा हिनामिना गरेको आरोपमा संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

तर सरकार पक्षले भने संसदीय समिति नबन्ने बताइसकेको छ । कांग्रेसले सरकारलाई आजसम्मको अल्टिमेटम दिएर संसदीय समिति बनाउन माग गरेको थियो । कांग्रेसले अल्टिमेटम आज सकिँदैछ । कांग्रेस आफ्नो अडानबाट पछि नहटेको कांग्रेस नेताहरुले बताइसकेका छन् ।