वि.सं.२०८१ माघ २ बुधवार

इरानले इजरायलका कुनै पनि राजदूतावास सुरक्षित नहुने चेतावनी

काठमाडौं । इरानले इजरायलका कुनै पनि राजदूतावास सुरक्षित नहुने चेतावनी दिएको छ ।

सिरियाको डमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा इजरायलको मिसाइल हमलामा परेर सात जना सैन्य तथा कूटनीतिक मान्छेको ज्यान गएपछि इरानको यस्तो धम्की आएको हो ।

यो खबर इजरायली तथा पश्चिमा सञ्चारमाध्यमहरुले प्राथमिकतासाथ प्रकाशन गरेका छन् । इरानी सर्वोच्च नेता अयोतल्ला अली खामेनीका सल्लाहकार यहा रहिम सफाभीले यस्तो चेतावानी दिएको इजरायली अखबार टाइम्स अफ इजरायलले जनाएको छ ।

सल्लाहकार सफाभीले चेतावनी दिँदै इजरायलका कुनै पनि राजदूतावास सुरक्षित नभएको बताएका छन् ।