22, Jul, 2024

सदन खुलाउनेबारे छलफल गर्न सभामुखले बोलाए प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेतालाई

बागमती भ्वाइस
बागमती भ्वाइस
२६ चैत्र २०८०, सोमबार ०८:१६ | ३ महिना अगाडी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

सभामुखले आज बिहान १०ः३० बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठक सभामुखको कार्यकक्ष सिंहदरवारमा हुनेछ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले बैठक बोलाएको सचिवालयले जनाएको छ ।

२६ चैत्र २०८०, सोमबार ०८:१६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading