22, Jul, 2024

संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्तविरुद्ध सर्वोच्च जाने तयारीमा गण्डकी नेपाली कांग्रेस

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ चैत्र २०८०, आईतवार १४:०४ | ३ महिना अगाडी

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस सर्वोच्च जाने तयारी गरेको छ ।

गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेस संसदीय दलमा प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । उनीहरू अहिले छलफल गरिरहेका छन् ।

गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ (दीपक मनाङ) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।

त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि कांग्रेसले विरोध जनाउँदै सर्वोच्च जाने तयारी गरेका हो ।

२५ चैत्र २०८०, आईतवार १४:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading