20, Jun, 2024

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ चैत्र २०८०, आईतवार १३:३८ | २ महिना अगाडी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । कांग्रेसले भने सभामुखसहित पेस गरेको दाबी असंवैधानिक रहेको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको थियो ।

दिउँसो साढे ३ बजे शपथ ग्रहणको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

२५ चैत्र २०८०, आईतवार १३:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading