22, Jul, 2024

बाँकेमा युवक हत्या प्रकरण: एक साता बितिसक्दा सुराक नभेटिएपछि प्रहरीले गुहार्‍यो सिआइबी

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ चैत्र २०८०, आईतवार १३:०४ | ३ महिना अगाडी

काठमाडौ । काठमाडौ बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ का २१ वर्षीय अरबी खानको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई बोलाइने भएको छ।

घटना भएको एक साता बितिसक्दा पनि क्लू नभेटेपछि बाँके प्रहरी अनुसन्धानका लागि सिआइबी बोलाउने तयारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवाशचन्द्र बोहराले सिआइबीलाई आजै पत्र लेखिने बताए।

‘धेरै प्रयास गर्दापनि खान हत्या प्रकरणबारे सुराक फेला परेन । त्यसैले अब सिआइबीको सहयोग आवश्यक परेको हो,’ उनले भने।

गत आइतबार हत्या भएको अवस्थामा खान मृत फेला परेका थिए। त्यतिबेला उनीहरूको समुदायको रोजा चलिरहेको थियो।

घरबाट झन्डै एक डेढ किलोमिटर पर खेतमा मृत भेटिएका खानको घाँटीमा धारिलो हतियार प्रहार गरेको पाइएको थियो।

त्यसपछि एक साता लगाएर अनुसन्धान गर्दा प्रहरीले सुराक नै फेला पार्न नसकेपछि घटनाको अनुसन्धानका लागि सिआइबीलाई बोलाउन लागिएको हो।

प्रहरीले नजिककै मानिसहरूबाट खानको हत्या भएको हुनसक्ने आकलन गरेको छ। तर दर्जनौंसँग सोधपुछ गर्दा पनि सुराक नभेटिएपछि घटना जटिल बन्दै गएको हो।

यसबारे एसपी बोहराले खानको वस्ती पुगेर त्यहाँका मानिसहरूसँग सोधपुछ गरेका थिए। तर कसैले पनि घटनाबारे बताउन नसकेपछि अनुसन्धान पेचिलो बनेको एसपी बोहराले बताए।

घरपरिवार र स्थानीयसँग सोधपुछ गर्दा खानको नकारात्मक पृष्टभूमी पनि नभेटिएको प्रहरीले जनाएको छ।

यी सबैबारे अनुसन्धान र घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि सिआइबीको सहयोग लिइने एसबी बोहराले बताए।

२५ चैत्र २०८०, आईतवार १३:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading