वि.सं.२०८२ जेठ १ बिहीवार

नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित,अरू पदाधिकारी र सदस्य पनि निर्विरोध

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न आठौं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।

बास्तोला नेचा सल्यान गाउँपालिकाका पूर्व अध्यक्ष समेत हुन् । उनी दोस्रो पटक जिल्ला अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा आशकुमार राई र सचिवमा कल्पना राई चयन भएका छन् ।

कमिटीको उपसचिवमा मिङ्मा छिरी शेर्पा र मोहनकुमारी कार्की चयन भएका छन् ।