22, Jul, 2024

धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक कुमार चौधरी निर्वाचित

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ चैत्र २०८०, आईतवार १०:५१ | ३ महिना अगाडी

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक कुमार चौधरी निर्वाचित भएका छन् ।

चौधरी २३९ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी नेपाली कांग्रेस निकट निर्माण व्यवसायी हुन् । उनलाई कांग्रेस नेता जीवनाथ चौधरी सहयोग गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले १७५ मत ल्याएका छन् । रमेश पनि कांग्रेस निकट छन् । रमेशलाई कांग्रेस नेता विमलेन्द्र निधी पक्षधरको समर्थन थियो ।

संघको उपाध्यक्षमा जयप्रकाश साह ‘पप्पु’, महासचिवमा रुपेश कुमार सिंह ‘मुन्ना’, सचिवमा मनोज कुमार साह र कोषाध्यक्षमा लक्ष्मण कुमार यादव निर्वाचित भएका छन् ।

संघमा ६ जना सदस्य रहने प्रावधान छ । सदस्यमा ‘क’ वर्गबाट सन्तोष यादव र ‘ख’ वर्गबाट सुभाष चन्द्र चौधरी निर्विरोध निर्वाचित भएका थिए । ‘ग’ वर्गबाट सदस्यको उम्मेदवारी नै परेनन् ।

‘घ’ वर्गबाट तीनजना सदस्यमा राजीव कुमार साह, कमलेश कुमार जयसवाल र दीपक यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

२५ चैत्र २०८०, आईतवार १०:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading