वि.सं.२०८१ माघ ५ शनिवार

नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक, ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा मध्याह्न साढे १२ बजे आइतबार बस्दै

काठमाडौ । काठमाडौ नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आइतबार बस्दैछ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा मध्याह्न साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका बारेमा छलफल हुने सचिव पद्मा अर्यालले जानकारी दिइन्।

एमालेले वैशाख ८ देखि १० गतेसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्दैछ।

करिब २२ सय जना सहभागी रहने उक्त बैठकको कार्यसूची तय गर्न लागिएको एमालेले बताएको छ।

यसका अतिरिक्त एमालेले सचिवालयको बैठक पनि बोलाउने तयारी गरेको छ।

इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारको प्रचार, संगठन परिचालनका विषयमा पनि छलफल हुने एमालेले बताएको छ।

महासचिवको नेतृत्वमा हुने केन्द्र्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू हुने व्यवस्था छ।