24, Jun, 2024

भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज चितवन जादै

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ चैत्र २०८०, आईतवार ०८:०९ | २ महिना अगाडी

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन् ।

भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन आउन लागेका हुन् ।

बिहान ११ बजे प्रधानमन्त्री चितवन आउने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्रीले चितवनको भरतपुर-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

आज दिउँसो ४ बजे उनले प्रतियोगिताको उद्घाटन गर्ने जनाइएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले पहिलो चितवनमा हजारौं खेलाडीको सहभागिता रहने गरी अन्तर प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइन् ।

उनले भरतपुर भ्रमण बर्षलाई प्रवद्र्धन गर्नका लागि यस्ता प्रतियोगिता, विभिन्न संघसंगठनका भेला, महाधिवेशन जस्ता कार्यक्रमहरु भरतपुरमा आयोजना भैरहेको उनले बताइन् ।

२५ चैत्र २०८०, आईतवार ०८:०९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading