05, May, 2024

एक महिनामै साढे ६ खर्ब भन्दा बढी रुपैयाँले विद्युतीय माध्यमबाट हुने कारोबार

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ चैत्र २०८०, शुक्रबार १८:१६ | ४ हफ्ता अगाडी

काठमाडौं । एक महिनामै साढे ६ खर्ब भन्दा बढी रुपैयाँले विद्युतीय माध्यमबाट हुने कारोबार बढेको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को माघ महिनाको तुलनामा फागुनमा ६ खर्ब ६३ अर्ब ७३ करोड रुपैयाँले विद्युतीय प्रणालीमार्फत हुने कारोबार बढेको हो ।

चालू आर्थिक वर्षको फागुन महिनामा मात्रै १० करोड २० लाख २४ हजार ५३८ पटकको विद्युतीय प्रणालीमार्फत लेनदेन हुदा ५१ खर्ब ६७ अर्ब ७७ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो महिना माघमा मात्रै १० करोड ४८ लाख ६५ हजार ३३४ पटकको लेनदेन हुदाँ ४५ खर्ब ४ अर्ब ३ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । जुन एक महिनामा ६ खर्ब ६३ अर्ब ७३ करोड रुपैयाँले बढी हो । यस चालू आर्थिक वर्षको आठ महिनामा विद्युतीय प्रणालीमार्फत ३४२ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँको लेनदेन भएको छ ।

नेपाल राष्ट्र बैंकले सर्वाजनिक गरेको तथ्याङ्क अनुसार फागुन महिनामा मात्रै सबैभन्दा बढी ‘आरटीजीएस’ प्रणालीमार्फत ३४ खर्ब ५३ अर्ब ७४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । ‘आरटीजीसी’ प्रणाली भनेको ठुलो अथवा अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो ।

त्यसै गरी, एटीएममाफर्त ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख, ईसीसी मार्फत ४ खर्ब ८० अर्ब ५० करोड ५० लाख, आइपीएस मार्फत २ खर्ब ९१ अर्ब ९५ करोड ४० लाख, कनेक्ट आईपीएस मार्फत १ खर्ब ८८ अर्ब १६ करोड ६० लाख, डेबिट कार्ड मार्फत ९१ अर्ब ४८ करोड, क्रेडिट कार्डमार्फत ८८ अर्ब ७ करोड कारोबार भएको छ ।

यस्तै प्रिपेड कार्डमार्फत ४२ अर्ब ५६ करोड, इन्टरनेट बैङ्किङमार्फत २४ अर्ब २ करोड, मोबाइल बैङ्किङ मार्फत १४ अर्ब ३३ करोड, ब्रान्चलेस बैङ्किङ मार्फत ५ अर्ब १८ करोड ९० करोड, वालेट मार्फत १ अर्ब ७६ करोड ८० लाख, क्यूआर बेस पेमेन्ट मार्फत १ अर्ब ५८ करोड १० लाख, पीओएस मार्फत ६१ करोड ९० लाख रुपैयाँ र ई–कर्मस मार्फत ६० करोड ६० लाख रुपैयाँको बराबरको कारोबार भएको छ ।

२३ चैत्र २०८०, शुक्रबार १८:१६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading