16, Jul, 2024

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ चैत्र २०८०, शुक्रबार १५:३२ | ३ महिना अगाडी

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गरेका थिए । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

२३ चैत्र २०८०, शुक्रबार १५:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading