वि.सं.२०८३ साउन ३० शनिवार

शुक्रबार नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेर झर्‍यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

khanepani

काठमाडौ । काठमाडौ शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला एक हजार रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।

उक्त दिन सुनको भाउ प्रतितोला एक लाख ३४ हजार रूपैयाँ पुगेको थियो। यो मूल्य हालसम्मकै उच्च विन्दु हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ६ सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap