20, Jun, 2024

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बुधबार राति भएको भीषण झडपमा २८ जनाको मृत्यु

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ चैत्र २०८०, शुक्रबार ०८:२४ | २ महिना अगाडी

एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बुधबार राति भएको भीषण झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको इरानको सरकारी समाचार संस्था इरनाले जनाएको छ ।

जैश अल–जुल्म नामक लडाकू समूहका सदस्यहरूले यस क्षेत्रका सेना र प्रहरीका कार्यालयहरूमा समन्वित आक्रमण गरेपछि हिंसा भड्किएको थियो ।

रिपोर्टका अनुसार रास्क काउन्टीमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ को एक सैन्य चौकी, आईआरजीसी मुख्यालय र चाबहार काउन्टीमा कोस्टगार्ड प्रहरी कार्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

उक्त भिडन्तमा १८ लडाकू र १० सुरक्षाकर्मीको मृत्यु भएको र झडप समाप्त भएको र प्रभावित क्षेत्रमा सुव्यवस्था कायम गरिएको इरनाले जनाएको छ ।

आक्रमणकारीले विस्फोटक पदार्थ प्रयोग गरी आक्रमण गरेको आईआरजीसीका ग्राउन्ड फोर्स कमान्डर मोहम्मद पाकपुरले जानकारी दिए ।

इरानले आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको जैश अल–जुल्म यसअघि पनि इरानी सुरक्षा बल र सर्वसाधारणलाई लक्षित गरी गरिएका आक्रमणमा मुछिएको छ । यस समूहको गतिविधिले यस क्षेत्रमा तनाव बढाएको छ र इरानको सुरक्षा प्रयासलाई गम्भीर चुनौती दिएको छ ।

२३ चैत्र २०८०, शुक्रबार ०८:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading