12, Apr, 2024

एसइई दिन गएको एक् किशोरको लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार १६:११ | १ हफ्ता अगाडी

रामेछाप । लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु भएको छ । बिहिबार (आज) दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

घर नजिकै रहेको जलजले स्थित लिखु खोलामा २ जना साथीहरुसँगै पौडी खेल्न गएका श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

उनीसँगै पौडी खेल्न गएका दुई जना किशोरहरु भने सकुशल रहेको रामेछाप प्रहरीको भनाई छ । मृतक श्रेष्ठ एसइईको परीक्षा दिँदै गरेका विद्यार्थी हुन । घटनाको अनुसन्धानको लागी साँघुटारबाट प्रहरी टोली घटनास्थल तर्फ जाँदै गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

२२ चैत्र २०८०, बिहीबार १६:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading