वि.सं.२०८३ वैशाख २० आइतवार

गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट गत वैशाखयता ७ सय बढीले पाए हवाई सेवा

khanepani

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट गत वैशाखयता ७ सय बढी नागरिकले हवाई सेवा पाएका छन् ।

२०८० सालको वैशाख अन्तिम साताबाट नेपाल एअरलाइन्सको ट्वीनअटर जहाजले रेसुङ्गामा सेवा सुरु गरेको थियो । त्यसयता भएका ६२ वटा उडानबाट ७२७ जनाले सेवा लिएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

रेसुङ्गमा जेठ अन्तिम सातादेखि दुई महिना बर्खाको समयमा भने उडान बन्द भएको थियो । बर्खायाम सकिएपछि भदौ अन्तिम साताबाट पुनः उडान शुरु भएको थियो । त्यसयता छिटफुट बाहेक नियमित उडान हुँदै आएको छ ।

गुल्मी–काठमाडौंका लागि हप्ताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान हुँदै आएको छ । रेसुङ्गा–काठमाडौंका लागि सुरुमा बुधबार र शुक्रबार मात्र उडान हुने गर्दथ्यो । यात्रुको चाप बढेपछि थप एक दिन सोमबार पनि सेवा थपिएको हो ।

अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा छ ।

ranechhap