वि.सं.२०८३ वैशाख २० आइतवार

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बोलाए आकस्मिक बैठक, आफैँ अध्यक्ष रहेको दाबी

khanepani

कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आकस्मिक बैठक बोलाएका छन् ।

चाैधरीले सबै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई १० बजे केन्द्रीय पार्टी कार्यालय अनामनगरमा बैठक बोलाएका हुन् ।

महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई बैधानिकता दिएको थिएन ।

निर्वाचन आयोगले उनलाई अध्यक्षको बैधानिकता नदिएपनि आफूलाई अध्यक्षको दाबी गर्दै उनले बैठक बोलाएका हुन् ।

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिश्वासको मत लिने तयारी गरेका छन् । शाह सरकारलाई बिश्वासको मत दिने विषयमा नाउपा बिभाजन छ ।

रेशम चौधरी काङ्ग्रेस नेतृत्वकै सरकार जोगाउने पक्षमा छन् भने रन्जिता श्रेष्ठ एमाले माओवादीसहितको गठबन्धनको सरकार बनाउनुपर्ने जोडमा छिन् ।

यही विषयले नाउपामा लफडा सुरु भएको छ ।

ranechhap