12, Apr, 2024

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट दिए राजीनामा

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार १७:५४ | १ हफ्ता अगाडी

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेश प्रमुखको कार्यालय जानुअघि उनले प्रदेशसभालाई सम्बोधन गर्दै पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहीरहन उपयुक्त नदेखिएको भन्दै राजीनामा दिने घोषणा गरेका थिए ।

आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । गठबन्धनको शीर्ष नेतृत्वमा कर्णाली एमालेलाई छाड्ने सहमति भएको थियो । तर, माओवादीले विमत्ति जनाइएरहेको थियो ।यसअघि विश्वासको मत लिएरमात्रै राजीनामा दिने अडानमा रहेका मुख्यमन्त्री शर्माले अन्तत: राजीनामा दिएका हुन् ।

शर्माको राजीनामा सँगै यहाँ एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनाउन बाटो खुलेको छ ।

२१ चैत्र २०८०, बुधबार १७:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading