12, Apr, 2024

साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार १७:२३ | १ हफ्ता अगाडी

काठमाडौं । साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ ।

बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरे ।अघिल्लो साताबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्प चौबिसै घण्टा खुला गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सुरक्षा निकायले आफ्ना पम्प चौबिसै घण्टा खुला गरेका थिए ।

नेपाल आयल निगम प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार देशभरि नै एउटा पालिकाभित्र कम्तीमा एउटा पम्प चौबिसै घण्टा खुला गर्ने योजना छ । यसका लागि आवश्यक तयारी पूरा गरी क्रमशः खुला गर्दै लैजाने उनले बताए ।

२१ चैत्र २०८०, बुधबार १७:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading