12, Apr, 2024

सरकारले ल्याएको निजामती सेवासम्बन्धी विधेयकमा त्रुटि छ ,क्रसपार्टी छलफल गरौँ – गगन थापा

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार १६:०७ | १ हफ्ता अगाडी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको ‘सङ्घीय निजामती सेवा विधेयकको डिजाइन नै गलत भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै उनले सो विधेयकलाई सबै दलहरूले मिलेर निजामती सेवालाई बेष्ट बनाउने गरी छलफललाई अघि बढाउनुपर्ने प्रस्ताव समेत गरे । यो पक्ष वा त्यो पक्ष नभनी सो विधेयकलाई समितिमा लगेर छलफल गर्नका सबै राजनीतिक दलहरू अघि बढ्नुपर्ने महामन्त्री थापाको भनाई थियो । उनले सो विधेयकको उद्देश्य ठिकभएपनि त्यसलाई बोक्ने गरी विधेयक नआएको जिकिर पनि गरे । महामन्त्री थापाले निजामती सेवालाई आधुनिक बनाउनुपर्ने भएकाले पनि सो विधेयकमा व्यापक छलफल आवश्यक भएको बताए ।

उनले भने,‘म यो सम्माननीय सभामुख महोदयमार्फत सबै राजनीतिक दलका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, माननीयजीहरूलाई आग्रह गर्न चाहन्छु–यसमा हामीले क्रसपार्टी काम गर्नुपर्नेछ । किनकि यो सरकार वा यो पक्ष वा त्यो पक्ष भन्ने कुरा मात्रै होइन, क्रस पार्टी काम गरेर हामीले वेष्ट हामीले हाम्रो निजामती सेवालाई कसरी बनाउने ? हामी सबैले यसमा अनुभव गरेर आएका छौँ । हामी सबैले यसका सीमाहरू बुझेका छौँ । यसलाई सदन भित्र समितिमा लगेपछि त्यही अनुरूप काम गरौँ भन्ने एउटा प्रस्ताव पनि राख्न चाहन्छु ।’

महामन्त्री थापाले निजामती सेवाका कर्मचारीलाई सन्तुष्ट बनाउने गरी ऐन ल्याउनुपर्ने पनि बताए ।

२१ चैत्र २०८०, बुधबार १६:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading