काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकाले सार्वजनिक पद धारणा गरेका व्यक्तिलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको छ ।
१२ पुसमा बसेको गाउँ कार्यपालिकाको बैठकले तुर्माखाँद स्थायी बसोबास भएर सार्वजनिक पद धारणा गरेका सबैका बालबालिका सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको थियो ।
२० चैतमा सूचना जारी गर्दै उक्त निर्णय कार्यान्वयनका लागि सघाउन सबै समक्ष गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाले त्यसअघि मंसिर ८ र ९ गते शैक्षिक संवाद कार्यक्रम गर्दै सबै राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतसँग छलफल गरेको थियो । छलफलमा सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने प्रतिबद्धता गरेका थिए ।