12, Apr, 2024

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति?

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार ११:२४ | १ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

२१ चैत्र २०८०, बुधबार ११:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading