12, Apr, 2024

व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका कालीबहादुरलाई चितवन ल्याइयो, आजै अदालतमा पेश गरिने

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार ११:०४ | १ हफ्ता अगाडी

चितवन । व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई चितवन ल्याइएको छ । उनलाई आजै जिल्ला अदालतमा पेश गरिने चितवनका एसपी भावेश रिमालले बताए ।

खाम हिजो काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए । १५ वर्षदेखि फरार रहेका उनीमाथि जिल्ला अदालत चितवनमा मुद्दा छ । उनको मुद्दालाई अदालतले मुल्तवीमा राखेको थियो ।

आज अदालतमा बुझाइएपछि मुद्दाको प्रक्रिया अघि बढ्ने भएको छ । खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खरखजाना र यार्सागुम्बा लुटपाटसम्बन्धी मुद्दा छ ।

२१ चैत्र २०८०, बुधबार ११:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading