वि.सं.२०८३ भदौ ९ मंगलवार

आत्मसमर्पण गरे २ युवकको हत्या आरोपमा फरार गुरुङले

khanepani

काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई जनाको ज्यान जाने गरी भएको हत्या घटनाका एक आरोपितले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसपर्मण गरेका एसएसपी शेखर खनालले जानकारी दिए । यो घटनामा यसअघि नै प्रहरीले ४ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

फागू पूर्णिमाको राति होटलमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवक मारिएका थिए ।

ranechhap