18, May, 2024

नेपाल वायुसेवा निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार अन्त्य गर्न मन्त्रालय दृढ रहेको -उडड्यनमन्त्री हितबहादुर तामाङ

बागमती भ्वाइस
बागमती भ्वाइस
२० चैत्र २०८०, मंगलवार १५:२३ | १ महिना अगाडी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले निगम सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने जिकिर गरे । बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गरेका थिए ।

मन्त्री तामाङले भने, ‘नेपाल वायुसेवा निगमको संस्थागत सुधार, व्यवसायिक विकासमार्फत नेपालको हवाई यातायातको क्षेत्रमा योगदानसहित पर्यटन क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने गरी मन्त्रालयले सुधारको पहलकदमी लिँदै गरेको छ । विभिन्न सुधारका समिति गठन गरी सुझाव प्राप्त गर्दै कार्यान्वयनमा लगिरहेको छ । निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको छ । व्यवस्थापन करार भनेको बिक्री होइन, मन्त्रालय निगमको सारभूत परिवर्तनका लागि नागरिक उडड्यनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णयमा पुग्नु अघि व्यापक छलफल हुने नै छ । निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको विषय रहेकाले निगम सम्बन्धमा मन्त्रालयबाट चालिने कदम पारदर्शी र राष्ट्रिय हित केन्द्रित हुनेछ । र राखिने व्यहोरा जानकारी गराउँदछु । यसमा कुनै ढाकछोप गर्नुपर्ने विषय छैन ।’

२० चैत्र २०८०, मंगलवार १५:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading