12, Apr, 2024

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने, ‘यो तमासाबाट समाजवादमा पुगिँदैन, संविधान संशोधन गरौं’

बागमती भ्वाइस
बागमती भ्वाइस
२० चैत्र २०८०, मंगलवार १४:५३ | १ हफ्ता अगाडी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अहिले संविधानमा संविधान उन्मुख लेखे पनि शासकिय स्वरुप र निर्वाचन प्रणाली नफेरेसम्म समाजवादमा पुग्न नसकिने उनको भनाइ छ ।

उनले भने, ‘अहिलेको संविधानमा समाजवाद उन्मुख लेखेको भएपनि, अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ । यसलाई संशोधन गरौं । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हामी गरिरहेका छौं तपाईंहरुले तमासा हेरिराख्नुभएकै छ । यो तमासाबाट समाजवाद हुँदैन । यो शासकीय स्वरुप बदल्नुपर्छ । यो निर्वाचन प्रणालीले पनि करोडौं खर्च गरेर एउटा उम्मेदवार संसदमा पुग्छन् । तीनबाट समाजवादको आशा गर्न सकिँदैन । निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्नुपर्छ । लोकतन्त्रलाई समावेशी, समानुपातिक लोकतन्त्रमा रुपान्तरण गर्नुपर्छ । संविधानमा उन्मुख लेखेर मात्रै हुँदैन । संविधान संशोधन गर्नुपर्छ ।’

अहिले सुशासन ल्याउने काममा सरकार लागिरहेको बताए ।

२० चैत्र २०८०, मंगलवार १४:५३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading