05, Dec, 2024

हालसम्मकै उच्च विन्दुमा पुगेर झर्‍यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

बागमती भ्वाइस
बागमती भ्वाइस
२० चैत्र २०८०, मंगलवार ११:४२ | ८ महिना अगाडी

काठमाडौ । काठमाडौ मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ४५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार पाँच सय ३५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२० चैत्र २०८०, मंगलवार ११:४२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading