14, Dec, 2024

धरानका मेयर हर्क साम्पाङ केही दिनदेखि संघीय राजधानी काठमाडौं आएका प्लेकार्ड बोकेर एक्लै उभिए

बागमती भ्वाइस
बागमती भ्वाइस
२० चैत्र २०८०, मंगलवार ११:२० | ८ महिना अगाडी

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ केही दिनदेखि संघीय राजधानी काठमाडौंमा छन् । धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबार धाइरहेका छन् । योबीचमा उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटे ।

काठमाडौं आएको मौकामा उनले आज बिहानै सडक किनारमा एक्लै उभिएर प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा वकालत गरेका छन् ।

उनले ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ लेखिएको ब्यानर बोकेको तस्बिरमा फेसबुकमा हालेका छन् ।

आज ‘जनमतबार’ भन्दै साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

२० चैत्र २०८०, मंगलवार ११:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading