27, Apr, 2024

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ चैत्र २०८०, शुक्रबार १८:०४ | ४ हफ्ता अगाडी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले पार्टीले सबै कम्युनिष्टसँग एकतालागि प्रयास गरिरहेको र माओवादी केन्द्रसँग पनि एकताको बहस भइरहेको जानकारी दिए । उनले दुई तिहाइ बढी जनताले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्ने धारणा राखे ।

विप्लवले समाजवादीमा मोर्चाभित्र पनि कम्युनिष्टहरुलाई एक पटक जनताप्रति फर्काउनुपर्छ भन्नेमा एकमत रहेको जिकिर गरे । त्यस्तै उनले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्य कुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चूनौती दिनुपर्ने बताए ।

उनले जनयुद्धमा सहभागी दलहरू एक भएर अहिलेको अवस्थाका बारेमा समीक्षा गर्ने बेला आएको समेत बताए ।

१६ चैत्र २०८०, शुक्रबार १८:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading