15, May, 2024

युक्रेनी सेना प्रमुखले भने, ‘हाम्रो लडाइँको मोर्चा खराब भएको छ’

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ बैशाख २०८१, सोमबार ०८:४१ | २ हफ्ता अगाडी

एजेन्सी । युक्रेनका सेना प्रमुखले रुससँगको लडाइँको मोर्चा निकै खराब भएकाले आफूहरु पछि हट्नु परेको बताएका छन् ।

युक्रेनी सेना प्रमुख जनरल ओलेकजेण्डर सिरिस्कीले पूर्वतर्फको लडाइँको मोर्चाबाट युक्रेनी सेना पछि हटेको बताएका हुन् ।

टेलिग्राममा एक पोष्ट गर्दै उनले भनेका छन्, ‘मोर्चाको हालत निकै खराब भएकाले युक्रेनी सेना पूर्वी दोनेत्स्क क्षेत्रबाट पछि हट्नु परेको छ ।’

युक्रेनलाई अमेरिकाबाट सैन्य सहयोग मिल्नुभन्दा अगाडि नै रुसले त्यसको फाइदा उठाउँदै आक्रमण तीव्र पारेको छ । रुसी सेनाले दाबी आइतबार पूर्वी दोनेत्स्क क्षेत्रको ओचेरेताइने नजिकको एक बस्ती कब्जा गरिसकेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिकी संसदले गत हप्तामात्रै युक्रेनलाई ६१ अर्ब डलर बराबरको सैन्य सहयोग दिने प्रस्तावलाई पारित गरेको थियो । उक्त सहयोगमा युक्रेनी सेनाका लागि अत्याधुनिक हातहतियार, गोलाबारुद, प्रतिरक्षा प्रणाली लगायत छन् ।

अमेरिकी हतियार युक्रेनसम्म पुग्नुअघि नै रुसले पूर्वी क्षेत्रमा आफ्ना फौज पूर्वी क्षेत्रमा केन्द्रित गरी आक्रमण जारी राखेको छ । युक्रेनी सेना प्रमुख ओलेकजेण्डर सिरिस्कीका अनुसार युक्रेनी सेनाका लागि सबैभन्दा कठिन अवस्था मौरिन्काको पश्चिम र अवदिब्काको उत्तर पश्चिम क्षेत्रमा छ ।

अबदिब्कामाथि रुसका सैन्य बलले गत फेब्रुअरी महिनामै कब्जा गरिसकेका थिए । युक्रेनका सेना प्रमुखले रुस केही स्थानमा रणनीतिक हिसाबले अघि बढेको बताएका छन् । तर रुस सफल नहुने उनको जिकीर छ ।

युक्रेनले अब आराम गरिरहेका सेनाका ब्रिगेडलाई फेरि युद्धको मोर्चामा पठाउने र अहिले लडिरहेकाहरुलाई पछि हटाउने जनाएको छ ।

१७ बैशाख २०८१, सोमबार ०८:४१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading