वि.सं.२०८३ साउन १७ आइतवार

मेलम्चीको पानी घर-घरका धारामा पुर्‍याउन मन्त्री आतुर, सिईओ शाक्य कमिशन उठाउन व्यस्त

khanepani

काठमाडौं । काठमाडौं बासीका घरघरमा मेलम्चीको पानी पुर्‍ याउन खानेपानी मन्त्री मणिचन्द्र थापा आतुर छन । जति आतुर मन्त्री छन त्यति आतुर केयूकेएलका कर्मचारीहरु देखिएका छैनन ।

यहि १६ गतेबाट मेलम्चीको पानी जनताको घरघरको धारामा पठाउने भनिएता पनि केयूकेएलले सुन्दरीजलमा कर्मचारीहरुको व्यवस्थापन गर्न सकेको छैन । सुन्दरीलजबाट मेलम्ची टनेलवाट आएको पानीलाई सुन्दरीजलमा आवश्यक टिट्म्यान गर्नु पर्ने हुन्छ । सुन्दरीजलमा मेलम्चीको पानीलाई सुद्धिकरण गरेर मात्र वितरण गर्ने तयारी गर्नु पर्ने हुन्छ । तर, त्यसरी पानीको सुद्धिकरण गर्नका लागि केयूकेएलले कर्मचारीहरुको व्यवस्थापन गर्नु पर्ने हुन्छ । त्यो आजका मितिसम्म गर्न सकेको छैन ।

गफ र कमिशनको महोमा लिप्त हुने कर्मचारी व्यवस्थापन र कर्मचारीहरुका युनियन सुन्दरीजलमा कर्मचारी पठाउने विषयमा जोड घटाउमा लाग्नु यतिखेर र्दुभाग्य नै भन्नु पर्ने हुन्छ । वर्षौ लागेर आएको पानीको व्यवस्थापन गर्न कर्मचारी खटाउन वार्गेनिङ गर्ने सिईओ मिलनकुमार शाक्य र कर्मचारीका छद्मभेषी नेताहरुका कारण कर्मचारी व्यवस्थापनमा ढिलाई भएको केयूकेएल स्रोतले दावी गरेको छ ।
इलोक्टोनिक मेकानिकल शाखाका कृष्णहरी बुढाथोकिलाई सुन्दरीजल पठाउनु पर्नेमा उनलाई त्यहि रोकेर विरामि मिलनकुमार थापालाई पठाउन कर्मचारीहरुका नेताहरुले व्यापक लविङ गरिरहेकोे समाचार स्रोतको दावी छ ।

मेलम्चीको पानी सुन्दरीजल हुँदै काठमाडौँ उपत्यकाबासीको घरघरमा वितरणको तयारी बारेमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजनाप्रमुख कमलराज श्रेष्ठसँग मन्त्री थापाले निक्कै उत्साहपूर्वक जानकारी समेत लिएका छन । आयोजना कार्यन्वयन निर्देशनालयमा नै पुगेर उक्त चासो राखेका थिए । फोटो स्रोत फेसबुकः राजेन्द्र गौतम

ranechhap